
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा अर्जुन प्रसाद चौलागाईले उम्मेदवारी दिने भएका छन् । १५ गते हुन गइरहेको निर्वाचनमा चौलागाइले भुगोल तर्फबाट जिल्ला सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
२०४६ देखी विद्यार्थी राजनिति गरि शिक्षण पेशामा लागेका चौलागाई शिक्षक संघ मकवानपुरको सदस्य, कोषाध्यक्ष हुदैं अध्यक्ष भइ आफ्नो कार्य सम्पादन गरिसकेका छन् । उनी ट्रेड युनियनको सदस्य पनि भएका थिए ।
शिक्षक संघको केन्द्रीय सदस्य बनिसकेका चौलागाई तीन दशक लामो समय नेपाली कांग्रेसमा रहि राजनिति गर्दै आइरहेका छन् ।
२०७४ सालको स्थानीय चुनावमा शिक्षण पेशा त्यागेर नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार बनेर चुनाव जितेका चौलागाई नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा मकवानपुरको पार्टीको जिल्ला सदस्यमा आफ्नो उम्मेदवारी अघि सारेका छन् ।








