मुख्य खबरसमाचार

एक सय ९७ जनालाई कम्बल प्रदान गरिने

संवाददाता

खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ता लिदैं आएका ७० वर्षमाथीका जेष्ठ नागरिकलाई न्यानो कपडा कम्बल प्रदान गरिएको छ ।

विहीबारबाट वडाको सिलिङ्ग बजेट अन्तरगत वडा समितिको निर्णय अनुसार १९७ जना जेष्ठ नागरिकलाई भत्ता र कम्बल प्रदान गरिने लक्ष्य राखिएको वडा अध्यक्ष बखानसिं पाख्रीनले बताए ।

वडाको पाँच स्थानमा सुरक्षा भत्ता र कम्बल वितरण गरिनेछ, वडाध्यक्ष पाख्रीनले भने । हाम्रो लक्ष्य १९७ जनाको रहेको छ आगामी बजेटमा थप यस्तै कार्य गरिने बताएका छन् ।

यस वर्ष दुई लाख रुपैयाँ बजेटबाट कम्बल वितरण गरिने उनले बताए । विहीबार वडा कार्यालयमा वितरण गरिएको र शनिबार गढी भञ्ज्याङ, वर भञ्ज्याङ, धरमपानी र बाँध बाँसपानीमा वितरण गरिने उनले बताए ।