मुख्य खबरसमाचार

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईलाई पदमुक्त

संवाददाता

 

 खबरबाकस \ बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ ।

विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको भन्दै पदमुक्त गरेको हो ।

चौलागाईले परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरीएको बागमती सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बताएका छन् ।

चौलागाई २०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।

चौलागाईले केहि दिनअघि युवा तथा खेलकुद मन्त्रीले आफुलाई स्पष्टिकरण मागेको र राजनितिक प्रतिसोध राखेर पदमुक्त गर्नलागेको भन्दै आफुले गरेका कामहरुको बारेमा जानकारी दिदैं पत्रकार सम्मेलन गरेका थिए ।