मुख्य खबरसमाचार

बागमती प्रदेश प्रमुख यादव अस्पताल भर्ना

संवाददाता

हेटौंडा \  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् ।

प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र बाँसबारीमा भर्ना भएका हुन् ।

शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालका अनुसार बुधबार पेश मेकर परिवर्तन गर्ने तयारी भइरहेको छ । शर्मा लामो समयदेखि मुटु रोगीबाट प्रभावित छन् ।