मुख्य खबरकला / साहित्य

शताब्दी पुरुष सत्यमोहन जोशी ‘डिस्चार्ज’

संवाददाता

काठमाडौं \  शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किनु भएको छ।

गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

उहाँलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए ।

उहाँ सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ हुनु भएको हो ।