
खबरबाकस \ हेटौंडाबाट सञ्चालित रेडियो थाहा सञ्चारले भोली २ गते हेटौंडामा बृहत रक्तदान कार्यक्रम गरिने भएको छ ।
रेडियो स्थापना भएको १४ औं वार्षिकोत्सवको अवसरमा विहान ८ बजेबाट हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम गरिने रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए ।
रेडियोले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको छ । पहिलो दिन आज पर्यावरण प्रवद्र्धनमा साइकाल ¥याली गरिएको थियो ।








