
हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही फागुन १३ गते हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो यहि फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको उल्लेख गरिएको छ ।
यसअघि पुस २७ गते गतेका लागी तोकिएको जिल्ला अधिवेशन कोरोना भइरसको संक्रमण दर बढेपछि अनिश्चित बनेको थियो ।








