
खबरबाकस \ काङ्ग्रेस मकवानपुरले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति सभा गरेको छ ।
बुधबार पार्टी कार्यालयमा काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय समितिकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ को प्रमुख आतिथ्यमा स्मृति सभाको आयोजना गरिएको हो ।
स्मृतिसभामा सहभागीले स्वर्गीय कोइरालाको तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डिनाले सुशील कोइराला नेतृत्वको सरकारले २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान २०७२ जारी गरेको भन्दै उहाँलाई नेपालको संविधानको पिताको रुपमा लिनुपर्ने बताइन् ।
नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएका भएका कोइरालाको २०७२ माघ २६ गते काठमाडौंमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।








