
खबरबाकस \ जन पत्रकार संगठन मकवानपुरले श्रमजिवी पत्रकारहरुको विषयवस्तु समेटिएर नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ ।
संगठनका संयोजक सुर्यबहादुर गोलेले महासंघका अध्यक्ष मणिराज गौतमलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा श्रमजिवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरिएको छ । त्यस्तै, ८ वटा विभिन्न पत्रकारका मुद्दाहरुलाई समेटिएर ज्ञापन पत्र बुझाइएको छ ।









