
खबरबाकस \ हेटौंडा ९ वडा कार्यालयले आफ्नो वडाको वृतचित्र निर्माण गरि सार्वजानिक गरेको छ । बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण गरिएको वृतचित्र सार्वजानिक गरेका थिए ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि वृतचित्र सार्वजानिक गरिएको थियो ।
वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षता तथा पूर्व मुख्यमन्त्री पौडेलको प्रमुख अतिथ्यतामा भएको सार्वजानिक कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, वडा सदस्यहरु, टोल विकासका अध्यक्ष, वडा भित्रका विभिन्न विद्यालयका प्रअहरु, वडाका विभिन्न सामाजिक संघसंस्थाका, सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२०७४ सालदेखी २०७८ साल सम्म भएका विभिन्न विकास गतिविधि तथा पर्यटन प्रवद्र्धनका लागि वडाले गरेको क्रियाकलापहरु समेटिएर वृतचित्र निर्माण गरिएको थियो । ९० हजार खर्चमा निर्माण गरिएको उक्त वृतचित्र ४५ मिनेटको रहेको छ ।









