मुख्य खबरसमाचार

शोकमा आइतबार देशभरका न्यायालय बन्द

संवाददाता

काठमाडौँ  \ पुर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।

पुर्व प्रधानन्यायाधीश शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन् ।

शनिवार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।

उनी २०५४ साल चैत ३० देखि २०५६ मङ्सिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए। शर्माको गत बुधवार निधन भएको थियो।