मुख्य खबरसमाचार

मकवानपुरमा थपिए एक सय ८१जना संक्रमित

संवाददाता

खबरबाकस \ मकवानपुरमा बिहीबार १८१ जनामा कोरोना संक्रमित थिएका छन् ।

लक्षण देखिएकाहरुको पीसीआर विधिबाट १८९ जनाको परीक्षण गर्दा १३३ जना र एन्टिजेन विधिबाट ७१ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

आज थपिएका १८१ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६ हजार ७०१ पुगेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा ३ व्यक्ती संक्रमण मुक्त भएका छन् ।