
खबरबाकस \ कोभिड १९ तथा ओमीक्रोन भाइरसको संक्रमण संख्या बढ्दै गइरहेको बेला मकवानपुरमा स्वास्थ्य सामाग्रीमा चर्को मुल्यमा विक्री वितरण प्रति उपभोक्ता मञ्च नेपाल मकवानपुरले ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै मञ्चका अध्यक्ष कुमार प्रसाद पौडेलले स्वास्थ्य सामाग्री र माक्समा प्रति वटा १० रुपैयाँ लिएको भनी उपभोक्ताहरुको जनगुनासो आएपछि मञ्चले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताएका छन् ।
उनले जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह, स्वास्थ्य कार्यालय लगायत सम्बन्धित निकायले अनुगमन गरि कारवाही गर्नको लागि अनुरोध समेत गरेको छन् ।









