मुख्य खबरसमाचार

हेटौंडा बसपार्कमा खोप सञ्चालन

संवाददाता

 खबरबाकस \ हेटौंडा १० बसपार्कमा आइतबारबाट कोभिड विरुद्ध को खोप अभियान सञ्चालनमा ल्याइएको छ । सामूदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कमा खोप अभियान सुरु भएको हो ।

पुस ३० गते पूरानो नारायणी यातायात कम्पनी प्रा.लिको आयोजनामा सचेतनामूलक पर्चा र माक्स वितरण कार्य सुरु भएसँगै आइतबारबाट भने खोप अभियान सञ्चालन गरिएको उपकेन्द्रका अध्यक्ष प्रदीप कंडेलले बताए ।

खोप अभियानमा सानाहातहरु नेपाल मकवानपुर, सचेत नागरिक युवा समूहको सहकार्य रहेको छ । हेटौंडा उपमहानगरले स्वास्थ्यकर्मी र खोप उपलब्ध गराएको कंडेलले बताए ।

खोप अभियान कार्यक्रममा यातायात कम्पनीका महासचिव सरोज खनाल, उपकेन्द्रका अध्यक्ष प्रदीप कंडेल, नेपाल प्रहरी लगायतको उपस्थिती रहेको थियो ।