मुख्य खबरसमाचार

बसपार्कको तरकारी बजार स्थान्तरण हुने

संवाददाता

खबरबाकस \ हेटौंडा-१० बसपार्कस्थित तरकारी बजार स्थान्तरण हुने भएको छ । हेटौंडा उपमहानगरपलिका नगर कार्यपालिकाको कार्यालयले उक्त तरकारी बजार रहेको स्थानमा टर्मिनल भवन बनाउने तयारी गरेपछि त्यहाँका व्यवसायीहरु पलायन हुनुबाट जोगाउन अन्य स्थानमा स्थान्तरण गरिने भएको हो ।

त्यहाँका तरकारी व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिका समक्ष विकल्प दिन अनुरोध गरिनुका साथै मकवानपुर उद्योग वाणिज्य संघलाईसमेत उचित पहलको लागि अनुरोध गर्दै आएका थिए ।

जसको फलस्वरुप विभिन्न चरणको छलफल पछि जमिनको सुनिश्चितता भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिए ।

हेटौंडा–१ स्थित राप्ती खोलाको किनारमा रहेको सार्वजनिक जमिनमा स्थान्तरण गर्न हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त भएकोले अब बजार स्थान्तरण हुने अध्यक्ष गुप्ताले बताए ।

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरका प्रतिनिधिसहित बसपार्कका तरकारी व्यवसायीहरुले बिहीबार उक्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए ।