मुख्य खबरसमाचार

मिस मकवानपुरको ग्राण्ड फिनायल विहीबार हेटौंडामा हुदैं

संवाददाता

 खबरबाकस \ मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनायल १५ गते विहीबार हेटौंडामा हुने भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम क्लब हेटौंडामा दिउँसो १२ बजेबाट सुरु गरिने जनाइएको छ ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको बारे जानकारी दिएका थिए ।

उनले २७ जना प्रतियोगि मध्येबाट छनौट गर्दै १८ जना फिनायल सम्म आइपुगेको बताए । मकवानपुर सहित छिमेकी जिल्लाहरुबाट पनि प्रतियोगितामा सहभागिता जनाएको बताउदैं सुरुवात देखी फाइनल सम्ममा करिब १५ लाख खर्च हुने भएको बताए ।

प्रतियोगितामा प्रथम हुनेले चादीँको ताज सहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै दुई रात तीनको स्वेदश भ्रमण, फिटनेसका निशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै द्धितिय हुनेले ताज सहित ५० हजार नगद सहित फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण र आकर्षण पुरस्कारहरुका पाइने बताएको छ । साथै तृतीय स्थान हुनेले ताज, २५ हजार नगद, फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरुको व्यवस्था रहेको उनले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि, स्वस्तिक डेभ्लपर्स प्रा.लि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रा.लि रहेको अध्यक्ष श्रेष्ठले बताए ।

सहप्रायोजकको रुपमा हेटौंडा स्कुल अफ म्यानजमेन्ट रहेको छ । प्रतियोगिताको हस्पिटालिटी पार्टनर होट सामना रहेको छ भने बैंकिङ पार्टनरमा ज्योति विकास बैंक रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्सर नेपालका सेकेण्ड रनर अप रक्षा उप्रेती रहकी छिन् भने अन्य निर्णायकहरमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहेका छन् ।