मुख्य खबरसमाचार

मकवानपुरमा दाजुभाईबीच भएको कुटाकुटमा दाजुको मृत्यु

संवाददाता

हेटौंडा \ मकवानपुरको कैलाशमा दाजु र भाई बिच कुटाकुट हुदा दाईको ज्यान गएको छ ।

आइतबार राति कैलाश-६ तल्लो पकनीमा ३३ बर्षीय नन्दरे मोक्तान उनका भाई ३० बर्षीय सिताराम मोक्तान बिच सामान्य विवाद भई कुटपिट हुँदा दाई  नन्दरे मोक्तानको मृत्य भएको छ।

घटनाको कारण नखुलेको र घटनामा संलग्न मृतकका भाई सिताराम मोक्तान प्रहरीले  नियन्त्रणमा लिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षकको टोली गएको र आवश्यक अनुसन्धान  र शवको मुचुल्का उठाउन काम भइरहेको जनाइएको छ।