
काठमाडौं \ नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् । उनले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट महिलातर्फ सहमहामन्त्रीमा उम्मेदावरी दर्ता गराएकी हुन् ।
उनले देउवासँगै राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी छन् । उम्मेदावरी दर्ता गराएसगै प्रतिक्रिया दिदै डीनाले पार्टीलाई थप सदृढ र रुपान्तरण गर्दै अगाडि बढाउनेमा आफ्नो भूमिका रहने बताइन् ।
उनका समर्थकहरुले अहिले राष्ट्रिय सभागृह र भृकुटी मण्डपमा मत माग्ने काम भइरहेको छ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत् शनिबार उम्मेदावरी दर्ताको कार्यक्रम भइरहेको छ । विहान १० बजेबाट दिउसो ५ बजेसम्म उम्मेदवारी मनोनयको कार्यक्रम रहेको छ ।
केन्द्रीय सभापति, उपसभापतिसहित १३४ पदमा उम्मेदावरी मनोनयन हुनेछ । मतदान भने सोमबारबाट हुनेछ । दावी विरोध, उम्मेदावरी फिर्ता र उम्मेदावरको अन्तिम नामावली प्रकाशन आइतबार दिनभर हुनेछ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता रहेका छन् ।








