मुख्य खबरसमाचार

सञ्चारिका समूह मकवानपुरमा रिजालको नेतृत्व

संवाददाता

खबरबाकस \  सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा सम्झना रिजाल चयन भएकी छिन् । मंगलबार भएको एक भेलाले सर्वसम्मत रुपमा रिजाललाई अध्यक्षमा चयन गरेको हो ।

समूहको उपाध्यक्षमा प्रिया पौडेल, सचिवमा सिर्जना नेपाल, सहसचिवमा निशा गुरुङ, कोषाध्यक्षमा प्रतिक्षा न्यौपाने चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्नु रिजाल, मनिता राना, शान्ति सेञ्चुरी, स्विकृति न्यौपाने र जमुना थिङ चयन भएकी छिन् ।

११ जनाको कार्यसमितिमा थप एक जना सदस्य पछि मनोनित हुने अध्यक्ष रिजालले बताइन् । कार्याक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सञ्चारिका समूह मकवानपुरकी निवर्तमान अध्यक्ष सरिता दाहाल, प्रेस चौतारी नेपाल बागमती प्रदेशका सह–संयोजक प्रकाश दाहाल, पुष्पराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।