मुख्य खबरसमाचार

जन्माेत्सवमा बिरुवा राेपण

संवाददाता

खबरबाकस  \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वृन्दावन वनस्पति उद्यानमा ‘सेरेमोनियल प्लान्टेसन’ को अभियान सुरु गरिए लगत्तै ३५ बिरुवा राेपिसकेकाे छ । वृन्दावन वनस्पति उद्यानलाई स्थानीयमैत्री र सबैको आकर्षकको केन्द्र बनाउने अभिप्रायले स्वैच्छिक रुपमा जन्म दिन, वैवाहिक दिवस जस्ता पर्व एवं दिवसहरुको अवसरको संझनास्वरुप एक विरुवा रोपण गर्न सकिने गरी एक क्षेत्र छुट्टाएको छ ।

साेहि अनुरुप साेमबार चारवटा बिरुवा राेपिएकाे छ । ईमेज च्यानलका मकवानपुर संवाददाता तथा सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन सहित ४ जनाले जन्माेत्सवकाे अवसरमा जडिबुटी बिरुवा राेपिएकाे हाे । जन्मदिनको अवसर पारेर सञ्चारकर्मी श्रीराम अर्जुन, रुबस पराजुली, आभ्यान भुसाल र अशाेक गिरिले एउटा एउटा विरुवा राेपेर जन्मदिन मनाएका छन् । अभियान चलाएपछि हालसम्म ३५ वटा बिरुवा राेपिसकेकाे वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक रघुराम पराजुलीले बताउनुभयाे ।

विभिन्न जातका अमला, कपुर, तेजपत्ता लगायत अन्य जडिबुटीका विरुवाहरु राेप्ने गरेकाे पराजुलीले बताउनुभयाे । यहाँ विरूवा रोपण गर्नको लागि कार्यालयसँग समन्वय गरी कार्यालयले उपलब्ध गराएका विरुवामध्ये इच्छाइएको विरुवा रोपण गर्न सकिनेछ । विरुवा रोपण पश्चात कार्यालयले विरुवा र रोपणकर्ताको नाम सहितको विवरण लेखेर सानो वोर्ड पनि राखिदिने गरिएको छ । बिरुवा राेपे सङ्गै नियमित स्याहार संभार कार्यालयले गरिरहेकाे छ ।

No description available.

यहाँ बागमती प्रदेशका प्रदेश प्रमुख, प्रमुख सचिव देखि सर्व साधारण व्यक्तिहरुले विभिन्न अवसरमा विरुवा रोपण गरिसक्नुभएको प्रमुख पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार यो कार्यक्रम वनस्पति उद्यानहरुको व्यवस्थापनमा प्रभावकारिता ल्याउनको लागि स्थानीयहरुको अपनत्वभाव जगाउन सार्थक हुने र यसमा धेरै भन्दा धेरै स्थानीयबासीहरु सहभागी बनुन भन्ने कार्यालयको अपेक्षा रहेको उहाँले बताउनुभयाे । पराजुलीका अनुसार वृन्दावन वनस्पति उद्यानमा लागु गरिएको यस कार्यक्रमको प्रभावकारिता हेरेर अन्य उद्यानहरुमा पनि अनुशरण गर्न सकिने बताउनुभयो ।

No description available.