मुख्य खबरसमाचार

नेकपा माओवादीको थाहानगर सम्मेलन हुँदै

संवाददाता

 खबरबाकस \ नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । मकवानपुरमा भने आज थाहा नगरपालिकाको मात्रै सम्मेलन हुने माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् ।

थाहा नगरपालिकाको आज र १३ गते बाँकी ९ वटा पालिकाको अधिवेशन गर्ने तयारी भइरहेको पाख्रीनले बताए ।

यसअघि १०२ वडामध्ये अधिकांशमा सहमतिबाटै अधिवेशन भइसकेको र बाँकी वडाहरुमा आज सम्पन्न गरिनेसमेत उनले बताए । माओवादीले पालिका निर्वाचनको लागि वडाबाट प्रतिनिधि चयन गरेको छ ।

गाउँपालिकाको हकमा १ सय ५०, नगरपालिकामा २ सय, उपमहानगरपालिकामा ३ सय र महानगरपालिकामा ४ सय जना प्रतिनिधि छनौट भएका छन् ।