मुख्य खबरसमाचार

बेलेरोले ठक्कर दिंदा कैलाशका रिजालको मृत्यु

संवाददाता

हेटौंडा \  पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट नजिक भैंसी बोकेको बोलेरो गाडिले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका-४ कालिकाटारका करिब २४ बर्षीय अबिरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनलाई हेटौडा अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बलेरो गाडीले बिपरित दिशाबाट गइरहेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।