
हेटौंडा \ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ।
नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा सडकमा रहेको अनेरास्ववियुले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडी प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो।
सरकारको स्वामित्वमा रहेको निगमले सरकारको निर्देशनमा इन्धनको मूल्य वृद्धि गरेको बिरोधमा पुत्ला दहन गरेको अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस संयोजक आशिष कुमार रौनियारले बताएका छन।निगमको कदमको विरोधमा अनेरास्ववियु मकवानपुरले हिजो शनिबार हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको थियो।








