
खबरबाकस \ हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम आजबाट सुरु भएको छ ।
मकवानपुरका विभिन्न सञ्चारमाध्यममा आवद्द रहेका पत्रकारलाई विज्ञान सम्बन्धि लेखन वृद्धि तालिम भएको हाे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) काे आयाेजनमा आइतबार एक कार्यक्रमका बिच तालिमकाे सुरुवात भएको हाे ।
हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतकाे प्रमुख अतिथ्यता तथा नास्टका सचिव प्रा.डा महेश कुमार अधिकारीकाे अध्यक्षतामा कार्यक्रम भएको हाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गाैतम, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली, विज्ञान लेखन तालिमका प्रशिक्षक केदार शर्मा, नास्टका प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना ब्रज लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
तालिमका मकवानपुरका २२ जना सञ्चारकर्मीहरुकाे सहभागीता रहेकाे छ ।








