
खबरबाकस \ मकवानपुरगढी गाउँपालिकामा २ दिन कोभिड१९ विरुद्धको खोप लगाइने भएको छ ।
सोमबार र मंगलबार खोप लगाउने कार्यतालिका रहेको स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताए ।
यस अघि कोभिड १९ विरुद्धको कुनैपनी खोप नलगाएका १८ वर्ष पूरा गरेका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको लामिछानेले बताए ।
पालिकाको आठ वटै वडाका स्वास्थ्य संस्थाहरूबाट खोप लगाइने हुँदा आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिने गाउँपालिकाले जनाएको छ । बिहान १० बजे देखि ४ बजेसम्म संचालन हुने खोप लगाउने कार्यक्रममा सहभागिता जनाउन गाउँपालिकाले आग्रह गरेको छ ।








