मुख्य खबरसमाचार

विद्यार्थी नेता अधिकारीको निधन

संवाददाता

हेटौंडा \  करेन्ट लागेर मकवानपुरका एक विद्यार्थी नेताको निधन भएको छ ।

निधन हुनेमा हेटौंडा-१७ का २८ बर्षीय गिरिजा अधिकारी रहेका छन् । गाउँमा सडक विस्तारको क्रममा विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । अधिकारी यसअघि नेकपा माओवादी निकट विद्यार्थी संगठनका नेता थिए । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।