
सुर्खेत \ कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री शाहीलाई हिजो मंगलबार साँझ प्रमुख गोबिन्दप्रसाद कलौनीलेसपथ गराएका हुन् । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले
राजीनामा दिए पछि प्रदेश प्रमुख कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गरेका थिए ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री नियुक्त गरेका थिए हो ।
३५ सदस्यी रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकिकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।








