मुख्य खबरसमाचार

सालको चिरान काठसहित हेटौंडाका लामा पक्राउ

संवाददाता

हेटौंडा \  सालको चिरान काठसहित हेटौंडाका एक युवक पक्राउ परेका छन। मकवानपुर प्रहरीले १०५.६६ क्यूफिट सालको चिरान काठ सहित हेटौंडा-३ बस्ने ३८ वर्षीय उमेश लामालाई पक्राउ गरेको हो ।

लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौंडा-३ सरस्वती पाखा टोलमा बन्द भान्सा कोठा भित्र लुकाएर राखेको उक्त परिणामको चिरान काठ सहित पक्राउ गरेको हो।

लामालाई आवश्यक कार्वाहीको लागि  डिभिजन वन कार्यालय राप्ती पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।