
खबरबाकस \ हेटौंडा अस्पतालमा पहिलोपटक दूरविन प्रविधिबाट नाक, कान, घाँटीको अप्रेसन भएको छ ।
अस्पतालमा कार्यरत इएनटी सर्जन डा. अनुप सञ्जेल र अनुपम राज उपाध्यायको टिमले सफलतापूर्वक अप्रेशन गरेको हो ।
पहिलो पटक मकवानपुर राक्सिराङका १३ वर्षीय बालक शीव स्याटघानीको नाकको सफल अप्रेशन भएको हो । यसअघि पेटको पत्थरी अप्रेसन गरिएको थियो ।
नाकको उक्त प्रविधिबाट विरामीको अवस्था हेरी साताको १/२ पटक अप्रेसन गरिने अस्पतालका सदस्य उत्सव चौलागाईले बताए ।








