मुख्य खबरसमाचार

एप्पलका नयाँ मोडल हेटौंडामा भयो लन्च

संवाददाता

 खबरबाकस \ अन्तरराष्ट्रिय बजारमा ख्याती प्राप्त ब्राण्ड एप्पलका नयाँ मोडलका मोवाइल नेपाली बजारमा आएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा एक कार्यक्रमकाबीच आइफोन १३ का मोडलहरु लन्चिङ गरिएको छ ।

मकवानपुर जिल्लाको लागि आधिकारिक वितरक हेटौंडा ४ स्कुलरोडमा रहेको आइ स्टोर्सले आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ मिनि, आइफोन १३ प्रो म्याक्स मोडलका मोवाईल सेट बजारमा रहेको सञ्चालक प्रवेश चापागाईले बताए ।

आइ स्टोर्सका सञ्चालक छतेन्द्र आचार्यको अध्यक्षतामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मोवाइल एशोसियसन अफ नेपाल मकवानपुरका अध्यक्ष दिनेश लामा, नेपाल मोवाईल वितरक संघ मकवानपुरका अध्यक्ष रोहिणी प्रसाद गौतम लगायत मोवाईल व्यवसायीको उपस्थिती रहेको थियो ।

१ लाख ३८ हजारदेखी २ लाख ७४ हजार ९९० सम्मको मोवाइलका मुल्य रहेको सञ्चालक आचार्यले बताए । नेपालमा किनेको विल सहित मोबाईल फुटेको विमा सेवा समेत रहेको आचार्य बताउछन् ।