
हेटौंडा \ मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाएको १७ बिगाह १० कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
प्रहरीले कैलाश गाउँपालिकाको वडा नम्बर ४, वडा नम्बर ९ र वडा नम्बर १० को विभिन्न स्थानमा लगाएको लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको हो ।
प्रहरीले आइतबारबाट सुरु गरेको लागूऔषध गाँजाखेती फडानी गर्ने अभियान अन्तर्गत पहिलो दिन आइतबार उक्त परिणामको क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजाखेती फडानी गरेको जनाएको छ ।
गाँजाखेती फडानीका लागी प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ७२ जना प्रहरीको टोली खटिएको मकवानपुर प्रहरीले जनाएको छ ।








