
खबरबाकस \ मकवानपुरगढी–५ मा धादिङ आमभञ्ज्याङमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।
धादिङमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो ।
महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको भवनमा शुक्रबार एक कार्यक्रमका बीच भवन हस्तान्तरण गर्दै भवनलाई चौकीको रुपमा सञ्चालनमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, सहकारी संस्थाका अध्यक्ष देवकी चौलागाई, स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।
गाउँपालिकामा इलाका प्रहरी चौकी स्थापना भए पनि भौगोलिक दृष्टिले आमभञ्ज्याङ धादिङमा अस्थायी रुपमा भए पनि सुरक्षाको लागि चौकी स्थापना गरिएको प्रहरी प्रमुख राठौंरले बताए ।








