मुख्य खबरसमाचार

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

संवाददाता

काठमाडौं \  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार बसेको कानुन व्यवसायीहरूको छाता संगठन पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेका थिए ।

बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत हुने प्रयास जारी रहेको र बहुमत पदाधिकारीको राय राणाले निकास दिनुपर्ने रहेको बताउनु भयो ।

बारले भोलि सल्लाहकार समितिको बैठक पनि बोलाएको छ। बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी संलग्न हुनु हुने छ ।

त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।