
खबरबाकस \ गत असोज २५ गते हेटौंडा ८ कमानेमा रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके किराना पसलमा लागेको आगलागीले क्षति पुराएको भन्दै लामिछानेलाई नगद सहयोग गरिएको छ ।
ग्यास सिलिन्डर पड्केर पसलमा आगलागी भएको थियो । आगलागीमा १० लाख भन्दा बढीको क्षति भएको थियो ।
सोमबार आगलागी स्थलमा पुगी तरुण दल बागमती प्रदेश सदस्य योग्यराज सापकोटाले ५१ हजार नगद सहयोग गरेका छन् ।
आगलागी पिडित लामिछाने र विकास दंगाललाई तरुण दल हेटौंडा नगर सदस्य सरोज श्रेष्ठ र नेपाली कांग्रेस नगर सदस्य आवेश लामाको उपस्थितीमा सापकोटाले चेक हस्तान्तरण गरेका थिए । सापकोटाले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् ।








