
हेटौंडा \ हेटौंडामा ईन्जिनियरहरुले हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका नि. ईन्जिनियर प्रमुख राजेश कुशवाहा लगायतको कर्मचारी माथि गरिएको अमानवीय व्यवहारको विरुद्धमा शनिबार हेटौंडाको बुद्ध चोकमा विरोध प्रदर्शन गरिएको थियो ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको आयोजनामा मकवानपुरका सरकारी कार्यालयका तथा निजि कन्सल्टेन्सीका ईन्जिनियरहरुको उपस्थितीमा विरोध प्रदर्शन गरिएको हो ।
कानुनी राज्यमा ईन्जिनियरहरुलाई कुनैपनि तरिकाबाट यस्तो हर्कत व्यवहार हुन नहुने र दोषीहरुलाइ कडा कारवाही गर्नुपर्ने माग सहित विरोध कार्यक्रम गरिएको हेटौंडा उपमहानगरपालिका भवन इजाजत शाखाको महाप्रबन्धक सत्यनारायण शाहले बताए ।
बिहीबार दिउँसो सिके राउतको जनमत पार्टीका कार्यकर्ताहरुले कुशवाहा कुटपिट गर्दै अर्धनग्न बनाई जनकपुर परिक्रमा गराएको थियो ।








