
जनकपुर \ सि के राउत नेतृत्व दल जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एक सरकारी कर्मचारीलाई अर्धनग्न पारेर नगर परिक्रमा गराएका छन।
उनीहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै 'बन्धक' बनाएर नगर परिक्रमा गराएका हुन।जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै प्रमुखलाई बन्धक बनाई दुरव्यवहार गरेका हुन।
बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् ।
ठुलो संख्यामा रहेका सि के राउतका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीलाई निकै समय लागेको थियो यद्यपि धनुषा प्रहरीले कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १३ जना भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।यतिबेला जनमत पार्टीका कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।








