समाचारफिचर

मुख्यमन्त्री कार्यालयमा दशैं शुभकामना आदानप्रदान

संवाददाता

खबरबाकस \ बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विजया दशमी, दिपावली,नेपाल सम्वत तथा छटपर्वको शुभकामना आदानप्रदान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेशवासी सहित उपस्थिती सबैलाई शुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, मन्त्रालयकासचिवहरु, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतकाको सहभागिता रहेको थियो ।