
खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा ठुला चाडपर्वको सुरुभए लगत्तै सर्वसाधारणको भीडको चाप बढिरहेको छ ।
कोरोना कहरकाबीचमा पनि गत वर्ष भन्दा यस वर्ष सेवाग्राहीको चाप बढेको बजारका दृश्यहरुले बताइरहेको छ ।
लत्ताकपडा, खाद्यान्न र खसीबोका बजारमा मानिसहरुको भीड बढेको पाइन्छ । घटस्थापना पश्चात हेटौंडा बजारमा भीड बढ्दै गएको हो ।
कोरोना कहरले गर्दा व्यापार व्यवसाय गर्न नपाएका व्यवसायी उत्साहका साथ व्यापार गरि रहेका छन् भने दशैं मनाउन सेवाग्राही नयाँ लत्ताकपडा तथा खाद्यान्न खरिदमा व्यस्त छन् । तर यता नवदुर्गा देवीहरुको शक्तिपिठहरुमा भने भक्तजनहरु कमै मात्रामा उपस्थिती रहेको पाइएको छ ।
तस्विरः अम्बिका बस्नेत
हेर्नुस तस्विर:













