
हेटौडा \ उपभोक्ता मञ्च नेपाल मकवानपुर को जिल्ला अध्यक्ष मा कुमार पौडेल पुनः सर्व सहमत चयन भएका छन् ।
उपभोक्ता मञ्च नेपालका केन्द्रीय महासचिव सत्रुधन प्रसाद देवको प्रमुख आतिथ्यमा भएको चाड पर्व लक्षित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला भेलाले पौडेलको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा कृष्ण अर्याल, सचिव नबराज कोइराला, सहसचिव गगां पौडेल, कोषाध्यक्ष सुधीर दाहाल,सदस्यहरूमा बिनोद शर्मा, बिमला थिङ, सुरज कुइकेल, रमेश भन्डारी, लक्ष्मी श्रेष्ठ चुनिएका छन् ।
मञ्चका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको भेलामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सहभागी बाट उठेका उपभोक्ता सम्बन्धित सवालबारे सहायक प्रमुख जिल्ला अधिकारी अर्याल र मञ्च का केन्द्रीय महासचिव देवले जवाफ दिएका थिए ।








