
हेटौंडा \ हेटौंडा १० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा१० बसपार्कमा बिहीबार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो ।
उप केन्द्र हेटौंडा १० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको अध्यक्षतामा भएको नागरिक सुनुवाई कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले वडा प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले नागरिकबाट आएको प्रश्नको र चाडवाड लक्षित सार्वजनिक तथा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।








