मुख्य खबरसमाचार

परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरे

संवाददाता

काठमाडौं \ परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, ‘महामारीको यो संकटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको छ, थप १५० करोड मानिसहरुलाई चरम गरीबीमा धकेलेको छ, र कडा मेहनतले गरेको विकासमा असर गरेको छ ।’

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक-आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्नु पर्ने बताउनुभयो ।

उहाँले कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको प्रसंशासमेत गर्नुभयो । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघीय प्रणाली सहित अन्तराष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’