समाचारफिचर

कांग्रेस अधिवेसन: थाहामा प्रमोद,राक्सिराङमा विरेन्द्र, कैलाशमा राजेन्द्र,बागमतीमा फणिन्द्र

संवाददाता

नेपाली कांग्रेसको १४ औं पालिका अधिवेसनबाट थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी निर्वाचित भएका छन् । उनले १०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्धन्दी भरत गोपालीले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै, उपसभापतिमा उद्धव लामिछाने (१०२) र नवराज कार्की (१४४) र सोमप्रसाद गर्तौला (८९) मत ल्याएका थिए । जसमा लामिछाने र कार्की विजयी भएका छन् ।

सचिव पदका लागि कर्ण बहादुर गोपाली (१०४) भीमसेन मोक्तान (११२) विर्जुलाल थिङ (८४) शशिकुमार दोङ (५६) मत प्राप्त गरेका थिए । जसमा गोपाली र मोक्तान विजयी भएका छन् । त्यस्तै, सहसचिव पदका लागि ध्रुव कुमार भट्ट (४६) रामचन्द्र भोम्जन (४७) सत्यदेवी स्याङ्तान (१६५) सुरेन्द्र श्रेष्ठ (९५) मत प्राप्त गरेका थिए । जसअनुसार स्याङ्तान र श्रेष्ठ विजयी भएका छन् ।

Screenshot_20210925-22240-1632589181.jpg

त्यस्तै राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा जिम्बाले निकटतम प्रतिद्वन्द्वी देब लामालाई पराजित गरेका हुन् । जिम्बाले ८१ मत प्राप्त गरे । उनी यसअघि पनि काँग्रेस राक्सिराङको सभापति हुन् । जिम्बासँगै उपसभापतिमा मोहन नगरकोटी र बुधराम मोक्तान, सचिवमा महेश चेपाङ्ग र कोपिला गोले, सह सचिवमा बिबिमाया मोक्तान र ज्ञान बहादुर ब्लोन निर्वाचित भएका छन् ।

त्यस्तै, बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् । सभापति तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको र केही मतदाता निर्वाचन प्रक्रियामा सहभागि नभएको मतदान अधिकृत राजेश प्रसाद घिमिरेले बताए ।

त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् ।

May be an image of 1 person and text that says 'कैलाश शभापति राजेन्द्र पिसिड'

त्यस्तै,कैलाश गाउँपालिकाको सभापतिमा राजेन्द्र घिसिङ निर्वाचित भएका छन् । उनले १३७ मत प्राप्त गर्दा अनको पतिद्धन्दी गुणराज स्याङ्तानले ३८ मत प्राप्त गरेका थिए । उपसभापतिमा मानबहादुर वाइवा (१३२) कामी सिं स्याङ्तान (११६) जीवन लोप्चन(४०) श्याम बहादुर वाईवा (२४) मत प्राप्त गरेका थिए । जसमा वाईवा र स्याङ्तान विजयी भएका छन् ।

त्यस्तै, सचिव पदमा आशिष प्रजा(१२२) प्रकाश रानामगर( ११२), तेज बहादुर ब्लोन(४४) र चन्द्रलाल थिङ(३६) मत प्राप्त गरेका थिए । जसमा प्रजा र रानामगर विजयी भएका छन् । सहसचिव पदमा भने विश्वनाथ थापा (११२) दृढचन्द्र प्रजा (१००) र क्षेत्र बहादुर प्रजा ५० मत प्राप्त गरेको निर्वाचन अधिकृत देवनायक शर्माले बताए ।