मुख्य खबरसमाचार

कांग्रेस अधिवेसन: ईन्द्रसरोवरमा विश्व, बकैयामा दिलबहादुर, मनहरीमा प्रकाश र भीमफेदीमा सञ्जीव

संवाददाता

नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशनमा ईन्द्रसरोबर गाउँपालिकाको अधिवेशनले सभापतिमा विश्वलाल लामा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा कृष्ण बहादुर योन्जन र इश्वर बस्ताकोटी चयन भएका छन् । त्यस्तै, सचिव पदमा अर्जुन बानियाँ र कृष्ण महर्जन चयन भए भने सहसचिवमा बसन्ती स्याङ्तान र सुर्य बहादुर पाख्रीन चयन भएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ चयन भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी थापाले भने ६८ मत प्राप्त गरेका थिए । २ मत भने बदर भएको मतदान अधिकृत सुमनकुमार मानन्धरले जानकारी दिए ।

श्रेष्ठको नेतृत्वमा उपभापतिमा जबर सिं वाईबा र रुद्र लामा, सचिवमा सुन्दर गोले र सुमित्रा थिङ, मन्जुमाया भोलन र सुमित्रा नेगी सर्वसम्मत चयन भएका छन् ।

May be an image of one or more people, people standing and outdoors

त्यस्तै, मनहरी गाउँपालिकाको सभापतिमा प्रकाश बर्तौला निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी शंकर न्यौपानेलाई २१ मतले मत अन्तरले पराजित गरेका हुन् ।

सभापति बर्तौलाले खसेको १६१ मत मध्ये ८२ मत प्राप्त गरेका थिए । न्यौपानेले भने ६१ मत प्राप्त गरे । १६ मत भने बदर भएको मतदान अधिकृत रामसागर गुरागाईँले बताए । त्यस्तै उपसभापतिमा सुर्य बहादुर रोक्का र उत्तम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही तथा सह सचिवमा गंगामाया कोइराला र चट्टान स्याङ्तान पनि सर्वसम्मत चयन भएका हुन् ।

Screenshot_20210925-18055-1632572385.jpg
त्यस्तै,बकैया गाउँपालिकामा सभापतिमा दिलबहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा सोम बहादुर तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी मगर, सहसचिवमा युवराज थापा र कमल बहादुर घले सर्वसम्मत चयन भएका छन् । भोम्जनको नेतृत्वमा ६७ सदस्यीय गाउँ समिति चयन गरिएको छ ।