
हेटौंडा \ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संगै चुनाव लड्न चुनौती दिएका छन् ।
उनले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका हुन् । चितवनको भरतपुर विमानस्थलमा शुक्रकार पत्रकारहरुले सोधेको जिज्ञासाको जवाफ दिने क्रममा बादलले आगामी निर्वाचनमा बादल भर्सेस प्रचण्ड हुनसक्ने बताएका हुन् ।
उनले पुष्पकमल दाहाल प्रचण्ड पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप पनि लगाए ।








