समाचारफिचर

शोषण र ठगीमुक्त गराउन प्रहरीसँग अन्तरक्रिया

संवाददाता

 खबरबाकस \ वैदेशिक रोजगारलाई सुरक्षित शोषणमुत्त र ठगीमुत्त गराउने उद्देश्यका साथ सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि प्रहरीसंग एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।

अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । वैदेशिक रोजगारी अवस्था, संसोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारिको भुमिका र आप्रवासी श्रोत केन्द्र संगको सहकार्य विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणी पाण्डेको प्रस्तुतीकरण रहेको थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले वैदेशिक रोजगारी सम्बन्धि न्यूनीकरणमा प्रहरीको भुमिका सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । सामी परियोजना हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले सामी परियोजनाको बारेमा जानकारी गराउनु भयो । त्यसै गरि कार्यक्रम संयोजक अन्जिता थापा मगरले आप्रवासी श्रोत केन्द्रले प्रदान गर्दै आएको सेवा, केन्द्रमा आएका समस्या र न्यायको सहजीकरण सम्बन्धि जानकारी गराउनुभयो ।

आप्रवासी श्रोत केन्द्र वैदेशिक रोजगार सम्बन्धि आएका समस्याहरु सिफारिस समाधानको लागि सहजीकरण र फलोअपलाई निरन्तरता दिने, जिल्ला प्रहरी संग प्रभावकारी समन्वय गर्ने , जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय तथा न्यायिक समितिमा आएका वैदेशिक रोजगारका समस्याहरु छलफल तथा सहजीकरणको लागि आप्रवासी श्रोत केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्रले सहि सुचना दिने निशुल्क सीप र न्यायको पहुँचका लागि सहजीकरण गर्ने गर्दै आएको छ । साथै चार वटा स्थानीय तह , हेटौंडा उपमहानगरपालिका , थाहा नगरपालिका , मनहरी र बकैया गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यका लागि वित्तीय साक्षरता कक्ष , मनो सामाजिक परामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालन मार्फत सचेतनामुलक कार्यक्रम संचालन हुँदै आएको छ । एकीकृत ग्रामीण विकास सेवाको अध्यक्ष सीता विष्ट अध्यक्षतामा भएको कार्यक्रममा रास्टि«य अनुसन्धान कार्यालयका पप्पु शर्मा पौडेल , हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने , आइभिडियसका सचिव मीनराज पौडेल, जिल्ला प्रशासन र जिल्ला प्रहरीका मुद्दा शाखाका प्रतिनिधिहरु लगाएतकाको उपस्थिति रहेको थियो ।