मुख्य खबरसमाचार

संवाददाता

खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरका युवा नेता कुमार पोखरेलले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत् असोज ९ गते शनिबार हुने हेटौंडा नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तरुण दल मकवानपुरको सचिवालय सदस्यसमेत रहनुभएका पोखरेलले बिहिबार सामाजिक सञ्जालमार्फत सचिव पदमा उम्मेदवारीरी दिने घोषणा गरेका हुन् । कांग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको पोखरेलले बताए ।

पोखरेलले पार्टीलाई न्याय, समानता, समावेसी, पारदर्शी, उत्तरदायी र गुटरहित वैचारिक संगठन बनाउने आफ्नो प्रतिवद्धता रहेकोले नगर अधिवसेनमा हेटौंडा उपमहानगर कार्यसमितिको सचिव पदमा उम्मेदवारी रहेको बताए ।