समाचारफिचर

१७५ किलो गाँजा सहित २ जना पक्राउ

संवाददाता

 खबरबाकस \ विशेष सुचनाको आधारमा मकवानपुर प्रहरीले ठुलो परिणाममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलिले हेटौंडा ११ थानाभर्यायङमा पालुङ तर्फबाट वीरगञ्ज जान लागेको ना ३ ख ५९५० नम्बरको ट्रकमा १७५ किलो गाँजा सहित चालक र ट्रकमा सवार एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज जान लागेको उक्त ट्रक बिग्रीई थानाभर्या ङमा मर्मत गर्दै गर्दा ट्रकमा चेकजाँच गर्दा फल्स बटम बनाई लागुऔषध गाँजा १७५ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनुभयो ।

गाँजा, ट्रक सहित ट्रक चालक भिमफेदी गाउँपालिका ९ का ३१ वर्षको मोहन स्याङतान र ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षका प्रशान्त कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता दासले बताउनुभयो