मुख्य खबरसमाचार

मकवानपुरमा थप २८ जनामा कोरोना

संवाददाता

खबरबाकस \ मकवानपुरमा बिहिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १८५ जनाको कोरोना जाँच गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । ५१ एन्टिजेनबाट र १३४ जनाको पिसिआर बिधिबाट कोरोना जाँच गरेकोमा २८ जनामा मात्र संक्रमण पुष्टि भएको हो।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५१८३ रहेको छ।