
हेटौंडा \ हेटौडा–१७ चिसापानीमा रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।
हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन,उपाध्यक्ष सागरनाथ बास्तोलाले ऋण समितिको प्रतिवेदन, सचिव लेखनाथ ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पोखरेलले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक उद्धव प्रसाद गजुरेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
भेलामा उत्कृष्ठ बचतकर्तामा सन्देश तिमल्सिना र गौरी कुमारी पुडासैनी, उत्कृष्ठ कारोवारीमा गायत्रीमाया गौतम र क्षेत्र बहादुर राई, ज्येष्ठ सदस्यमा पवित्रा देवी घिमिरे र नमिना पौडेल पुरस्कृत भएका थिए । यसैगरि बाल बचतमा शैलिष्टा मिश्र, बढी कारोवार गर्नेमा शिवकुमार उपाध्याय भट्टराई र विद्यार्थीमा नानिया पोखरेल, दिपक विश्वकर्मा, स्वभिमान खतिवडा, सिष्टी चौलागाँई, सुजल कार्की र पहिचान जमकटेल र शेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने सुजन सापकोटालाई समेत पुरस्कृत गरिएको थियो ।
साधारणसभामा सहकारीका अध्यक्ष संस्थाका सल्लाहकार विदुर सापकोटा, सहकर्मी सहकारीका सचिव विष्णुमान श्रेष्ठ, अशोकबाटिका टोल विकास संस्थाका अध्यक्ष गोकर्ण राई, हिमचुली कृषि सहकारीका सचिव ठाकुर प्रसाद नेपाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।२०६२ सालमा स्थापित यस सहकारी संस्थामा हाल ८ सय ३९ जना शेयर सदस्यहरु रहेका छन। कोरोना संक्रमणलाई मध्यनजर गरेर साधारणसभा हिजो र आज गरी दुई दिन सम्म चलेको थियो ।
-भीमसेन पौडेल








