
खबरबाकस \ हेटौडा बजारमा हराएको ६ लाख ५० हजार नगद रुपैयाँ भेटिएको छ । गत बुधबार ईन्भेष्टमेन्ट बैंक हेटौडा शाखाबाट चेक सटही गरी सिमाचोक तर्फ आउने क्रममा ईभर ग्रिन फेन्सी संचालक सन्जन गौतमको ६ लाख ५० हजार नगद हराएको थियो । बैंकबाट रकम निकाली मोटरसाईलकले लेगार्डमा झुन्डाई सिमाचोक तर्फ हिडेका गौतमले सिमाचोक आईपुग्दा पैसा हराएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।
सो पश्चात गौतमले टिसिएन रोडका व्यवसायीहरुले सिसि क्यामरा मार्फत ३ दिनको प्रयास पछि आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा रकम भेट्ने व्यक्ती घरमा पुग्न सफल भएको थियो । ५ दिन देखी रकम हराएर चिन्तामा परेका गौतमले पैसा भेट्ने हेटौडा १० की ठुलीमाया गोलेलाई पुरस्कार स्वरुप ५० हजार ५ सय रुपैया हस्तान्तरण गरेका थिए । उहाँले आफै आएर रकम दिनु भएको भए १ लाख पुरुस्कार दिने सोचमा थिए तर उहाँले पैसा भेटेर हामीलाई सम्पर्क गर्नु भएन हामी आफै प्रहरीको सहयोगमा उहाँलाई भेट्न सफल भयौ जे होस सिसि क्यामराको सहयोगले रकम भेटियो गौतमले बताए ।
आफुले यो रकम बैंक मार्फत ऋण लिएको बताउदै माया मारेको रकम हात पार्दा खुसी छु उनले भने । गौतमले आफु पनि आफनो पसल बाहिर देख्ने गरी सिसि क्यामरा राख्ने बताए । यो घट्नाले सुरक्षाको लागी बजारका पसल व्यवसायीहरुले सिसि क्यामरालाई अलि ध्यान दिनु पर्ने देखिएको छ । प्रहरीलाई अनुसन्धान गर्न सहज हुने र बजार क्षेत्रमा जे हराए पनि पत्ता लगाउने माध्यम सिसि क्यामरा रहेकोले व्यवसायीहरुले यसलाई ध्यान दिनुपर्ने प्रहरीले बताएको छ ।








